ad ad

बागमती


राप्रपा मकवानपुरका उपाध्यक्षपछि सचिव पनि पार्टीबाट अलग्गिए

राप्रपा मकवानपुरका उपाध्यक्षपछि सचिव पनि पार्टीबाट अलग्गिए

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १२:३२, हेटाैँडा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला सचिव विजयसिंह ठकुरीले पार्टी परित्याग गरेका छन्।

सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै ठकुरीले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन मकवानपुरका पूर्वअध्यक्ष, युवक संगठनको जिल्ला सचिवसहित पार्टीको जिल्ला कार्यसमितिको विभिन्न विभागमा रहेर काम गरिसकेका ठकुरीले पार्टी परित्यागको घोषणा गरेका हुन्। 

पार्टी परित्यागको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपा युवक संगठन जिल्ला सचिव, विद्यार्थी संगठन जिल्ला अध्यक्ष हुँदै पार्टी प्रशिक्षण विभाग प्रमुख, रेडक्रस तथा स्वास्थ विभाग प्रमुख र जिल्ला सचिव हुँदै गर्दा साथ र सहयोग गर्ने र नगर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै, आजबाट एक स्वतन्त्र देशभक्त नागरिक भयर बस्ने निर्णय गरेको छु।’

उनले अगाडि लेखेका छन्, ‘आजबाट पार्टीको कुनैपनी पदमा म छैन र साधारण सदस्य समेत रहने छैन। चुनावको बेला गरेको वाचाहरुप्रति सधैँ बफादार रहने कुरा शुभचिन्तकहरु समक्ष प्रण गर्न चाहान्छु। के गुमाएँ के पाएँ समयले बताउला। आउँदै गरेको नयाँ वर्ष २०८० सबैको सुखद रहोस्। जय राष्ट्रवाद।’

यसअघि राप्रपा मकवानपुरका जिल्ला उपाध्यक्ष शंकरसिंह ठकुरीले हिजो मात्रै पार्टी परित्याग गरेका थिए।

राप्रपा मकवानपुरका उपाध्यक्ष ठकुरीले पार्टी परित्याग गरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .