ad ad

बागमती


हेटौंडा-कुलेखानी-काठमाडौं सडक दुई महिनाका लागि बन्द

हेटौंडा-कुलेखानी-काठमाडौं सडक दुई महिनाका लागि बन्द

नेपालखबर
माघ २४, २०७९ मंगलबार १८:२३, हेटाैँडा

बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने छोटो नाकाको बाटो केही समयको लागि बन्द हुने भएको छ।  

काठमाडौं प्रवेश गर्ने छोटो नाकाको रुपमा रहेको हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौं सडक मर्मतको लागि करिब २ महिना सडक बन्द गर्नुपर्ने भएको हो।

हेटौँडाबाट काठमाडौं जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कंदा कान्तिलोकपथ सडक प्रयोग गर्नेगरि मर्मतको काम सुरु गरिने भएको छ।

आज हेटौँडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेको नेतृत्वमा भएको सर्वपक्षीय छलफलले फागुन १ बाट फाखेलको सडक मर्मतको लागि बन्द गर्ने निर्णय गरेको हो।

बैठकमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले काम नगर्ने मनसाय बोकेका ठेकेदारलाई अब पटक÷पटक समय थप नगरिने बताए। 

‘काम गर्दै जाँदा समय नभएर ढिला भएको भए समय थप गर्न सकिन्थ्यो। तर कामै नगरी समय थपको माग गर्ने ठेकेदारहरुलाई अब समय थप गरिँदैन’, मुख्यमन्त्री जम्मकट्टेलले भने।

मुख्यमन्त्री जम्कट्टेलले काठमाडौंबाट हेटौंडा जोड्ने सडकको अवस्थालाई दुई महिनाभित्र सक्नको लागि ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .