ad ad

बागमती


वन्यजन्तु प्रभावित घरको बीमा गर्दै माडी नगरपालिका

वन्यजन्तु प्रभावित घरको बीमा गर्दै माडी नगरपालिका

नेपालखबर
माघ २३, २०७९ सोमबार १४:३६, हेटाैँडा

चितवनको माडी नगरपालिकाले वन्यजन्तुबाट प्रभावितको घरको बीमा गर्ने कार्यक्रमको थालनी गरेको छ।

विशेषगरी निकुञ्जबाट निस्किने हात्तीले मध्यवर्ती क्षेत्रका बासिन्दाको घर भत्काउने क्रम नरोकिएपछि नगरपालिकाले घरको बीमा गर्ने कार्यक्रमलाई अघि बढाएको हो।

नगरपालिकाको अनुदानमा प्रभावित घरको बीमा गर्न लागेको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जानकारी दिए। यदी जंगली जनावरको आक्रमणले घर भत्काएमा बीमा कम्पनीले आवश्यकता अनुसार क्षतिपूर्तीको व्यवस्था गर्ने ढकालले बताए। 

हात्तीले माडीमा आतंक मच्चाएपछि वन्यजन्तु प्रभावितहरुको घरको बीमा गर्न लागेको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले बताइन्।  

माडीको धेरै क्षेत्रहरु वन्यजन्तुबाट प्रभावित नै रहेको कारण नागरिकको साहायताको लागि यो अभियान थालनी गर्न लागिएको मेयर महतोको भनाई छ।

विवरण अनुसार बीमा कार्यक्रम अघि बढाउने बताउँदै उनले नेपालखबरसँग भनिन्, ‘हामीले अहिले सबै वडाहरुको घरको विवरण संकलन गरिरहेका छौं। हालसम्म वडा नम्बर १ को विवरण संकलन भएर काम सुरु भैसकेको छ। बाँकी वडाहरुको पनि छिट्टै संकलन गर्ने काम सकेर बीमा सुरु गरिहाल्छौं।’ 

मेयर महतोका अनुसार वन्यजन्तुबाट प्रभावित क्षेत्र भएको स्थान र डेढ लाख सम्मको मूल्यांकन भएको घरको लागि यो कार्यक्रम ल्याइएको हो। खरको छानो, बाँसको भित्तो र खरले नै बारेर बनाइएको घरहरु यसमा समाबेश हुने उनले बताइन्।

‘हात्तीले ठूला र पक्की घर नभत्काउने भएकाले खरको छाना भएका घरलाई लक्षित गरिएको हो’, उनले भनिन्।

माडी नगरपालिकाको बाँदरझुला, प्याउली खोला, सिमरा, इमिलिया, पाँच पाण्डव, वनकट्टालगायत रिउको तटीय क्षेत्रमा मानव र वन्यजन्तु बीच द्वन्द्व हुँदै आएको छ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .