ad ad

बागमती


बागमती सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्रीले लिए शपथ

बागमती सरकारले पायो पूर्णता, नवनियुक्त मन्त्रीले लिए शपथ

सुनिता विष्ट
माघ ११, २०७९ बुधबार १४:४४, हेटाैँडा

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बागमतीमा सत्ता गठबन्धनमा रहेका तीन दल एमाले, माओवादी र राप्रपाको सरकार निर्माण भएको हो। एमालेका ४, माओवादीका ४ र राप्रपाबाट ३ जना मन्त्री नियुक्त भएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। यस सँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। 

एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ मन्त्री, काठमाडौंका केशव पोख्रेल कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त भएका हुन्। यसअघि नै चितवनका जगन्नथा थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गरिसकेका छन्। 

त्यस्तै, माओवादी केन्द्रबाट कुमारी मोक्तान सामजिक विकास मन्त्री, सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका हुन्। माओवादीका शालिकराम जम्मकट्टेल प्रदेशका मुख्यमन्त्री छन्। 

यस्तै, राप्रपाका राजु विष्ट वन तथा वातावरण मन्त्री, डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। यसअघि राप्रपाबाट बिनाविभागीय मन्त्री बनेका उद्धव थापाले खानेपानी तथा उर्जा, सिंचाई मन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .