बागमती प्रदेशको उपसभामुखका लागि आज निर्वाचन हुँदै छ। दिउँसो ३ बजे बागमती प्रदेश सभा सचिवालयमा निर्वाचन हुने भएको हो।
उपसभामुखको लागि २९ गते भएको मनोनयन दर्तामा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेको चापागाईंलाई कुमारी मोक्तान प्रस्तावक तथा आशा लामाको समर्थकमा उम्मेदवारी दर्ता भएको हो।
यस्तै नेमकिपाको काफ्लेलाई सृजना सायजु प्रस्तावक तथा सुरेन्द्रराज गोसाइँको समर्थकमा उम्मेदवारी दर्ता गरेकी छिन्।
कांग्रेसकी परियारलाई प्रस्तावक उत्तम जोशी र याङ्किला शेर्पाको समर्थनm रहेको छ।
सरकारले आज शोकबिदा दिएको भएपनि प्रदेश सभाको पूर्वधिारित बैठक तथा उपसभामुखको निर्वाचन निर्धारित समयमै सञ्चालन हुने प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए।
११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।
Shares

प्रतिक्रिया