बागमती


बागमती प्रदेश : ६ दलले चयन गरे दलको नेता, एकीकृत समाजवादी अझै अलमलमा

बागमती प्रदेश : ६ दलले चयन गरे दलको नेता, एकीकृत समाजवादी अझै अलमलमा

नेपालखबर
पुस २०, २०७९ बुधबार १५:३१, हेटाैँडा

बागमती प्रदेशमा हालसम्म ६ दलले संसदीय दलको नेता चयन गरेका छन्। नेकपा एकीकृत समाजवादी भने दलको नेता चयनमा अलमल देखिएको छ। 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीले संसदीय दलको नेता चयन गरेसँगै प्रदेश सभामा ६ दलले संसदीय दलको नेता पाएका हुन्।

बागमती प्रदेश एमाले संसदीय दलको नेतामा चितवन २ (१) बाट निर्वाचित जगन्नाथ थपलिया सर्वसम्मत चयन भए। त्यस्तै, नेकपा माओवादी केन्द्रबाट धादिङ १ (२) बाट निर्वाचित शालिकराम जम्मकट्टेल, राप्रपा संसदीय दलको नेतामा काठमाडौं ८ (२) बाट निर्वाचित उद्धव थापा, नेमकिपा संसदीय नेतामा भक्तपुर १ (२) बाट निर्वाचित सुरेन्द्रराज गोसाई, हाम्रो नेपाली पार्टीे बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौं ८(१) बाट निर्वाचित शैलेन्द्रमान बज्राचार्य सर्वसम्मत चयन भएका हुन्। 

यस्तै, नेपाली कांग्रेसले भने निर्वाचन प्रणाली मार्फत दलको नेता चयन गरेको हो। मकवानपुरका इन्द्रबहादुर बानियाँ र नुवाकोटका बहादुर सिंह लामा बीच भएको निर्वाचनमा लामा ५ मतान्तरका साथ संसदीय दलका नेता बने। कांग्रेसको ३७ सिट रहेकोमा लामाले २१ मत पाउँदा बानियाँले १६ मत प्राप्त गरेका थिए। 

यता, नेकपा एकीकृत समाजवादीले भने अझै पनि दलको नेता चयन गर्न सकेको छैन। केन्द्रको निर्णय कुर्दैमा अलमलिएको समाजवादी सरकारमा जाने कि नजाने भन्ने निर्णयको पर्खाइमा छ। यद्यपी, बागमती प्रदेश संसदीय दलको नेतामा भने चितवन १(१) बाट निर्वाचित कृष्ण प्रसाद शर्मा खनाल एकल दाबेदार हुन्। 

बागमती प्रदेश सभामा १३ जिल्लाबाट ७ राजनीतिक दलले प्रतिनिधित्व गरेका छन्। ११० सांसद रहेको बागमतीमा एमालेका २७, नेपाली कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राप्रपा १३, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .