ad ad

बागमती


धादिङमा हाइस जुध्यो, घाइते २२ जनाको काठमाडौंमा उपचार हुँदै

धादिङमा हाइस जुध्यो, घाइते २२ जनाको काठमाडौंमा उपचार हुँदै

नेपालखबर
पुस १६, २०७९ शनिबार २१:७, काठमाडौँ

धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा आज भएको सवारी दुर्घटनामा २२ जना घाइते भएका छन् । 

काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा३ख ६१६४ नं को हाइस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ११८७ नंको हाइस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २२ जना घाइते भएको र सबै घाइतेको थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा सात, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँमा तीन, ट्रमा सेन्टर काठमाडौँमा आठ, मेडिसिटी अस्पतालमा दुई, शुभेक्षा अस्पतालमा दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिए।

बा ३ ख ६१६४ नंका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का चालक भने फरार भएको प्रहरीले जानकारी दिएको छ।

दोलखा जिरी निवासी ३५ वर्षीया मञ्जुमाया कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। मध्यम किसिमका घाइते भएका पाँच जना छन् भने अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .