प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएका हुन्।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन्।
निर्वाचनको समयमा त्रास फैलाउन यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त वस्तुलाई आज बिहान ३ः३० बजे निष्क्रिय पारिएको कार्यालयले जनाएको छ।
यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिन्डरमा आगो लगाएर छाडेको पाइएको पण्डितले बताए। सो सिलिन्डरलाई सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए। रासस
Shares
प्रतिक्रिया