काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने नाममा गरिखाने वर्गलाई बेरोजगार बनाउने काम भएको भन्दै नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार महानगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने भएको छ।
संघकी अध्यक्ष माया गुरुङले अहिले बिहान ११ बजे सुन्धारास्थित काठमाडौं महानगरपालिकाको प्रवेशद्वारमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिइन्।
धर्नाअघि सुनधाराबाट सुरु गरिने र्याली वीर अस्पताल, रत्नपार्क, भद्रकाली, सहिदगेट हुँदा महानगरपालिकाको कार्यालय अगाडि आइपुग्ने उनले जानकारी दिइन्।
‘चाडबाडको मुखमा गरिखाने वर्गलाई विस्थापित गर्ने, हातपात गर्ने र लखेट्ने काम भएको छ’, नेपालखबरसँग उनले भनिन्, ‘त्यसको विरुद्धमा हामीले संघर्ष थाल्न लागेका हौं।’
फुटपाथमा व्यवसाय गर्नेहरूलाई विस्थापित गर्ने क्रम नरोकिए अन्य सरोकारवाला संघ/संस्थासँग पनि सहकार्य गरेर थप संघर्ष गरिने उनले बताइन्।
याे पनि : बालेन्द्रसँग फुटपाथ व्यवसायीको माग : दसैँसम्म गरिखान देऊ
Shares
प्रतिक्रिया