ad ad

बागमती


पहिराेले मेलम्ची–१० मा सडक बन्द

पहिराेले मेलम्ची–१० मा सडक बन्द

तस्बिर : देवराज सुवेदीको फेसबुकबाट


नेपालखबर
साउन १७, २०७९ मंगलबार ९:३०, काठमाडौँ

अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक बन्द भएको छ।

पाल्चोकी क्रसरपारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।

वर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भए पनि जेसीबी पठाइएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए।

पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सञ्चालन हुने नगरप्रमुख तामाङले बताए। 

पहिरो गएपछि पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका सहित मेलम्ची नगरपालिकाको वडा नं ९ र १० मा आवतजावतमा समस्या भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .