गुणस्तरहीन र मूल्य स्टिकर नटाँसिएका खाद्य सामग्री बिक्री गरेको भन्दै ललितपुरको सातदोबाटोमा रहेको भाटभटेनी सुपरमार्केटलाई २० हजार जरिवाना भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले १७ असारमा अनुगमन गर्दा मिति नाघेको रिलायन्स घ्यू ६ डिब्बा र जुनार एक प्याकेटमा मिति उल्लेख नभएको पाइएपछि कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए।
‘मिति उल्लेख नभएका, अखाद्य रिलायन्स घ्यू र जुनार एक पाकेट विक्री भएको पाइएपछि जफत गरेका छौँ,’ पन्तले भने, ‘ सातदोबाटोको भाटभटेनीलाई २० हजार जरिवाना गरेका छौँ।’
प्रशासन कार्यालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रहरी कार्यालय लगायतसहित अनुगमन गरेको हो।
‘सुरुमा अखाद्य पदार्थ बिक्री वितरण गरेको सूचना आएपछि अनुगमनमा निस्किएका हौं,’ पन्तले थपे, ‘अहिले महालक्ष्मी नगरपालिकामा रहेका डिपार्टमेन्ट स्टोरहरुको अनुगमन हुँदै छ।’
अहिले काठमाडौं र ललितपुरका कही स्थानमा हैजा फैलिएको छ। खाद्यसामग्री कै कारण हैजा फैलिएपछि प्रशासन कार्यालयले डिपार्टमेन्टमा राखिएका ग्रोसरीहरु अनुगमन गरेको हो। पानीका जार, खाद्य सामग्री अनुगमन गरेको हो।
ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शरत थापाले जिल्लामा रहेका ठूला डिपार्टमेन्टहरुमा अनुगमन गरिएको बताए।
‘सहायक सीडीओ साबमार्फत आज अनुगमन भएको हो, हामी अन्य ठाउँहरु पनि अनुगमनम गर्दै छौँ,’ थापाले भने।
सरकारले देशभरका ठूला डिपाटैमेन्टमै अखाद्य पदार्थ बिक्री वितरण गरेको भन्दै अनुगमन गर्न निर्देशन दिएको थियो।
भिडिओ–
Shares
प्रतिक्रिया