ad ad

अटो


म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन बजारमा

म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन बजारमा

नेपालखबर
भदौ १५, २०७६ आइतबार ७:६,

काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेहिकल्सका लागि एक ग्रिज लन्च गरेको छ ।

आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेहिकल्सका लागि म्याक अल्फा जेनिथ फाइभडब्ल्यू–३० र म्याक अल्फा जेनिथ १०डब्ल्यू–३० र अर्को म्याक रुवि ग्रीज पनि लन्च गरेको हो ।

यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जिनमा यस्को बहुविशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पोरेसनको उत्पादनमध्येको एक उत्पादन हो । यसले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको म्याक लुब्रिकेन्टले जनाएको छ।

नाडाले आयोजना गरेको अटो सोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडा र भारत पेट्रोलियम कर्पोरेसनका कार्यकारी निर्देशक भी। आनद र सिप्रदी ट्रेडिङ्गका सीईओ राजन बाबु श्रेष्ठले गरे। अटो शो आज सकिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .