अटो


सन् २०२६ सम्म पेट्रोलभन्दा विद्युतीय कार सस्तो हुने

सन् २०२६ सम्म पेट्रोलभन्दा विद्युतीय कार सस्तो हुने

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ६:५३,

सन् २०२६ सम्म युरोपमा परम्परागत इन्धनले चल्नेभन्दा विद्युतीय कार सस्तो हुने एक अध्ययनले देखाएको छ।

ब्लुमबर्ग न्यु इनर्जी फाइनान्सको अध्ययनले अबको ६ वर्षमा विद्युतीय गाडी सस्तो हुने देखाएको हो।

सोमबार सार्वजनिक अध्ययन रिपोर्टले २०३५ सम्म युरोपमा शतप्रतिशत विद्युतीय गाडी हुनेछन्।

रिपोर्टअनुसार विद्युतीय सेडान र एसयूभी गाडी इन्धनको गाडीभन्दा सस्तो हुनेछन्। अरु मोडलका साना कार २०२७ सम्म सस्तो हुने उल्लेख गरिएको छ।

अध्ययनका अनुसार विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको मूल्य धेरै घट्नेछ भने उत्पादन बढ्दा कारको मूल्य पनि कम हुनेछ।

सन् २०२० मा ४० हजार युरो पर्ने विद्युतीय सेडान गाडी २०२६ मा २० हजार युरोमै पाइने अध्ययनले देखाएको छ।

पछिल्लो समय कार उत्पादक विद्युतीय र हाइव्रिड गाडी उत्पादनमा बढी ध्यान दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .