ad ad

अटो


नयाँ वर्षमा रनर मोटरसाइकल खरिदमा २१ हजार सिधै नगद छुट

नयाँ वर्षमा रनर मोटरसाइकल खरिदमा २१ हजार सिधै नगद छुट

नेपालखबर
चैत २९, २०७७ आइतबार १५:४२,

बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ।

कोरोनाको लामो कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप उर्जा प्रदान गर्न रमन मोटर्सले प्रत्येक रनर मोटरसाइकलको खरिदमा सिधै नगद रु २१ हजार छुट दिने भएको छ।

कम्पनीका अनुसार प्रत्येक मोटरसाइकलको खरिदमा २० फ्रि सर्भिसिङका साथै सर्वाधिक ६ वर्षसम्मको वारेन्टी दिने भएको छ। साथै कुनैपनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्यूनतम मूल्यांकन गरिने छ।

हाल रमन मोटर्सले जम्मा रु एक लाख १० हजार पर्ने कम मूल्यका ८० सीसीदेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ।

कम्पनीका बिजनेस डेभलेप्मेन्ट हेड सन्तोष न्यौपाने पछिल्लो समय ग्राहकले रनरका सबैजसो मोडलमा रुची राखेका बताउँछन्। रनर हक २०० सीसीको अफ रोड मोटरसाइकललाई अत्याधिक मन पराइको न्यौपाने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .