ad ad

अटो


भारतमा सार्वजनिक भयो नयाँ पुस्ताको हुन्डाई आई२०, सुरु मूल्य ६ लाख ८० हजार भारु

भारतमा सार्वजनिक भयो नयाँ पुस्ताको हुन्डाई आई२०, सुरु मूल्य ६ लाख ८० हजार भारु

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार १०:७,

हुन्डाई मोटर्सले भारतमा नयाँ पुस्ताको आई२० सार्वजनिक गरेको छ। नयाँ आई२०मा डिजाइनदेखि इन्टेरियर र अन्य फिचर्समा समेत फेरबदल गरेको छ।

प्रिमियम ह्याचब्याक कारको भारतीय मूल्य ६ लाख ८० हजारदेखि ११ लाख १८ हजारसम्म भारु रहेको छ।

बिहीबार सार्वजनिक गरिएको आई २० तेस्रो पुस्ताको गाडी हो। यसमा पहिलेभन्दा केही ठूलो, फराकिलो र सेग्मेन्ट फस्र्ट फिचर्सबाट सुसज्जित रहेको कम्पनीले बताएको छ।

आई २० पेट्रोल र डिजेल भेरिएन्टमा उपलब्ध छ। यसको १.२ पेट्रोल इन्जिन ५ स्पिड गियर बक्ससहित म्यानुअल र अटोमेटिक अप्सनमा उपलब्ध छ।

डिजेल भेरिएन्टमा १ं.५ लिटरको ६ स्पिड म्यानुअल टान्समिसन इन्जिन छ।

साथै इन्टेरियर परिवर्तन भएको छ। गाडीमा १०.२५ इन्चको एचडी टच स्क्रिन जडान गरिएको छ। ठूलो आकारको इन्स्ट्रुमेन्ट प्यानल, ताररहित चार्जिङ सिस्टम, ७ स्पिकर साउन्ड सिस्टम (ध्वनि प्रणाली)जस्ता फिचर छन्।

त्यसैगरी ठूलो आकारको कुल्ड ग्लोभबक्स, कप होल्डर र मोबाइललगायत अन्य ग्याजेटलाई चार्ज गर्नका लागि युएसबी पोर्टको सुविधा समेत छ।

सेफ्टी फिचर्समा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (विद्युतीय स्थिरता नियन्त्रक), टायर प्रेसर मोनिटरिङ सिस्टम (टायर दबाब अनुगमन प्रणाली) र हिल एसिस्ट कन्ट्रोल सिस्टम (पहाडी क्षेत्रमा सहयोगी नियन्त्रण प्रणाली) थप गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .