ad ad

अटो


फोर्ड फेस्टिभ अफर : तीन आकर्षक योजना, चार लाख ५० हजारसम्म जित्न सकिने

फोर्ड फेस्टिभ अफर : तीन आकर्षक योजना, चार लाख ५० हजारसम्म जित्न सकिने

नेपालखबर
असोज ४, २०७७ आइतबार ६:२३,

नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले दशैँ–तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ । यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकोले धेरैजसो अटोमोबाइल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन् ।

कम्पनीका अनुसार यो वर्ष फोर्ड फेस्टिभ अफरअन्तर्गत ग्राहकहरुले तीनवटा अफरमध्ये एउटा छनौट गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले स्क्रयाच कार्ड योजनामा भाग लिएमा बक्सबाट तीनवटा स्क्रयाच कार्ड छनौट गरी चार लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउनेछन् । प्रत्येक स्क्रयाच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार रुपैयाँ रहेको र बढीमा यो एक लाख ५० हजार रुपैयाँसम्म हुने कम्पनीको भनाइ छ ।

यो अफरअन्तर्गत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्दछन् । त्यस्तै ग्राहकहरुले छ महिने ईएमआई होलिडे योजना छनौट गरेमा ग्राहकलाई पहिलो छ महिना बैंकलाई किस्ता भुक्तानी गर्नुपर्दैन । यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुने र जीओ फोर्डले ग्राहकको पहिलो छ महिनाको ब्याजबापतको रकम तिरिदिने कम्पनीको भनाइ छ ।

यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् । त्यसैगरी ग्राहकले स्थगित भुक्तानी योजना छनौट गरेमा यस–योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २० प्रतिशतको लागि ग्राहकलाई चार महिनाको थप अवधि प्रदान गरिनेछ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाई किस्तामा तिर्नुपर्नेछ ।

बाँकी रकम तिरिसकेपछि बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउनेछ, ता कि ग्राहकले बैंकको किस्ता पहिले व्यहोर्नुपर्नेछैन । यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रिस्टाइल र फोर्ड इकोस्पोर्टको भेरियन्टहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै यस अफरमा नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निःशुल्क बीमाजस्ता नियमित लाभहरु पनि लिन सक्छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .