अटो


अटाेबजारमा ल्याइएकाे स्किमले दशैँकाे जस्तै उत्साह बढेकाे छः सुजुकीका डीजीएम भट्टराई

अटाेबजारमा ल्याइएकाे स्किमले दशैँकाे जस्तै उत्साह बढेकाे छः सुजुकीका डीजीएम भट्टराई

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ९:३०,

लकडाउनको तीन महिनापछि खुलेको अटोबजारमा सुजुकीका दुईपांग्रेप्रति ग्राहकको उत्साह बढेको छ। मानिसमा निजी सवारी चढ्ने चाहना र स्किमले सुजुकीको दुईपांग्रे प्रतिग्राहक उत्साहित भएका हुन्।

जापानी कम्पनी सुजुकीका बाइक तथा स्कुटर नेपालमा भीजी अटोमोबाइल्स आयात गरी वितरण गर्दै आएको छ । जापानी प्रविधिमा भारतमा निर्मित माेटरसाइकलहरू नेपाल आउने गरेका छन्।

भीजी अटोमोबाइल्स प्रालिका डेपुटी जेनेरल म्यानेजर (डीजीएम) धिरज भट्टराईले ३ महिना ठप्प व्यापारलाई चलायमान बनाउन स्किम ल्याएको बताएका छन्। उनले सुजुकीले ल्याएको स्किम प्रति ग्राहकमा उत्साह बढेको बताए।

‘नेपालमा दुईपांग्रे जहिले पनि मानिसको प्राथमिकतामा रहेको छ । नेपालमा चारपांग्रे आवश्यकताभन्दा पनि सोखका लागि चढ्ने धेरै छन्’, भट्टराईले भने, ‘दैनिक जीविका चलाउनको लागि दुईपांग्रे सवारी आवश्यक नै भइसकेको छ । त्यसमाथि हाम्रो आकर्षण अफरले ग्राहकलाई सहज भएको छ। स्किमले अहिले दशैँमा जस्तै चहलपहल बढिरहेकाे छ।’

gixer suzuki 1

उनले बाइक किस्तामा लिने र पुरानो बाइक साटेर नयाँ ल्याउने पनि बढिरहेको बताए । नेपालमा सार्वजनिक यातायात अझै भरपर्दो नभएकाले दुईपांग्रेमा बढी चासो भएको व्यवसायीले बताउँदै आएका छन् ।

‘विदेशबाट नेपाल फर्किएकाले केही न केही पैसा ल्याएका हुन्छन्। उहाँहरुलाई हिँड्डुल गर्नको लागि सवारी आवश्यक पर्छ। त्यो अनुसार मोटरसाइकल किन्नेको संख्या बढ्दै गएको छ’, उनले भने । 

के छन् त सुजुकीका मुख्य अफर ?
भीजी सुजुकीले कोभिड१९को कारण ग्राहकमा परेको आर्थिक चापलाई केही सहजता दिन ‘उतारचढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने मूल नारासहित आकर्षक स्किम ल्याएको छ।

सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदर सजिलै पाउन सक्छन्।

ग्राहकलाई १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याज दरमध्ये जुन ठीक लाग्छ, त्यो छानेर लिनसकिने कम्पनीले उल्लेख गरेको छ। कम्पनीले ल्याएको स्किम साउन अन्तिमसम्म रहेको छ। पुरानो बाइकको एक्सचेञ्जमा समेत यो स्किम लागू गरिएको कम्पनीले जनाएको छ।

भट्टराईले एक वर्षको लागि फाइनान्समा लिने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा र दुई वर्षको लागि फाइनान्समा लिने ग्राहकको लागि थोरै ब्याजदरमा बाइक तथा स्कुटर खरिद गर्नसक्ने बताए।

कम्पनीले ल्याएको स्किमअन्तर्गत बाइक खरिद गर्नेले १ वर्षको कर समेत छुट पाउनेछन्।

gixer suzuki 2

‘गुणस्तरीय दुईपांग्रेका लागि सुजुकी’
नेपालमा सुजुकीको मोटरसाइकलमा जिक्सर १५० एफआई र जिक्सर २५० को माग अत्यधिक छ। त्यस्तै, स्कुटरमा बर्गम्यान र एक्सिस १२५ स्कुटर नेपालमा बढी बिक्री हुने गरेको छ। जिक्सर १५० एफआईको ३ लाख २१ हजार ९ सय रुपैयाँ, जिक्सर २५० को ४ लाख ६३ हजार ९ सय, बर्गम्यानको २ लाख ३२ हजार ९ सय र एक्सिस १२५ २ लाख २१ हजार ९ सय रुपैयाँ बजार मूल्य रहेको छ।

नेपाली युवाले यी सवारी अत्यधिक मन पराउनुमा गुणस्तर राम्रो रहेको कम्पनीका डीजीएम भट्टराईले बताए।

dhiraj suzuki bike 2

‘ग्राहकले कुन सवारी कति गुणस्तर छ। कति टिकाउ हुन्छ भन्ने कुराको ख्याल गर्नुपर्छ। स्किमको पछि लागेर मात्रै हुँदैन’, उनले भने।

शोरुम र सर्भिस सेन्टरमा पर्याप्त स्वास्थ्य सुरक्षा
सुजुकीले भीडभाड नहुने गरी व्यवसाय सञ्चालन गरिरहेको बताएको छ। भीजी सुजुकीले ग्राहकलाई होम डेलिभरीको समेत व्यवस्था गरेको छ।

‘ग्राहकलाई होम डेलिभरीको समेत व्यवस्था गरेका छौँ। जति पनि शोरुममा आउनुभएकाहरुलाई सेनिटाइज गर्ने, मास्क अनिवार्य गर्ने र एक पटकमा एक जना कस्टमरसँग डिल गर्ने र बाँकीलाई सामाजिक दूरी कायम गरी विश्राम कक्षमा राखी व्यवसाय सञ्चालन गरिरहेका छौँ’, भट्टराईले भने।

gixer suzuki 3

कम्पनीले सबै सर्भिस सेन्टर खुल्ला गरिसकेको छ। सर्भिसको लागि आउने सवारीमा पहिला सेनिटाइज गरेपछि मात्रै प्राविधिकले सवारीसाधन हेर्ने गरेको उनले बताए।

उनले भने, ‘बिहान ९ देखि ११ बजेसम्म बुकिङ हुन्छ। साँझ ५ बजेसम्म हामी गाडी उपलब्ध गराएका छौँ। ग्राहकलाई सर्भिस हुने बेलासम्म सेन्टरमा कुराएर राख्ने गरेका छैनौँ।’

कोभिड १९को संक्रमण फैलिरहेकाले सामान्य अवस्थामा कहिले फर्किन्छ भन्नसक्ने अवस्था नरहेको उनी बताउँछन्।

फेरि कोरोना संक्रमण बढ्दै गएको छ। तर मानिस बाँच्नको लागि काम गर्नुपर्ने भएकाले बजारमा चहलपहल भने बढिरहेको देखिएको उनको भनाइ छ।

gixer suzuki 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .