ad ad

अटो


एयर क्यानडाको विमान आकाशमै अनियन्त्रित, ३७ जना घाइते

एयर क्यानडाको विमान आकाशमै अनियन्त्रित, ३७ जना घाइते

नेपालखबर
असार २७, २०७६ शुक्रबार ११:४८,

 क्यानडाको भ्यानकाउभरबाट अस्ट्रेलियाको सिडनीका लागि उडेको एयर क्यानडाको एउटा विमान आकाशमै अनियन्त्रित (टब्र्युलेन्स) हुँदा ३७ जना घाइते भएका छन्। यो क्यानडाको समयअनुसार बिहीबारको घटना हो। एकाएक उक्त समस्या देखिएपछि एयर क्यानडाको उडान एसी३३ लाई हानोलुलुको अन्तर्राष्ट्रिय एयरपोर्टमा डाइभर्ट गरिएको थियो। एयर क्यानडाका प्रवक्ता फिट्जप्याट्रिकले ३५ जना घाइते भएको बताए पनि पछि घाइतेको संख्या बढेको थियो।

विमान ३६ हजार फिटमाथि रहँदा टब्र्युलेन्सको समस्या देखिएको थियो । बोइङ ७७७–२०० विमानमा २ सय ६९ जना यात्रु र १५ चालकदलका सदस्य थिए। घाइतेलाई स्थानीय अस्पतालमा अवतरणपछि उपचारका लागि पठाइएको थियो। अधिकांश घाइतेको घाँटी र ढाडमा चोट पुगेको बताइएको छ।

उडानको दौडान एक्कासि हावाको चालसँग बेमेल भई अवस्था हुने परिस्थितिलाई टब्र्युलेन्स भन्ने गरिन्छ। यस्तो अवस्थामा विमानले नियन्त्रण गुमाउने जोखिम हुन्छ। एयर क्यानडामा उडान गरिरहेका यात्रुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय एजेन्सीहरुले बताएअनुसार कतिपय सिटबेल्ट नकसेका यात्रु विमानभित्रै हावामा तैरिएका थिए। कतिको टाउको माथि ठोक्किन पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .