ad ad

अटो


किया एसयूभी सेल्टोस भारतीय बजारमा, यस्ता छन् विशेषता

किया एसयूभी सेल्टोस भारतीय बजारमा, यस्ता छन् विशेषता

नेपालखबर
असार २२, २०७६ आइतबार ८:४४,

किया एसयूभी सेल्टोस केही समय अगाडि भारतीय बजारमा सार्वजनिक गरिएको छ।

कियाले २०१८ को अटो एक्स्पोमा एसपी कन्सेप्टको रुपमा शोकेस गरेको यो कार विभिन्न सात भेरियन्टमा सार्वजनिक गरिएको कम्पनीले बताएको छ।

यसका विशेषताहरुमा १‍‍.५ लिटर डिजेल इन्जिन क्षमता छ भने ६ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ। एबीएस, इबीडी, डबल फ्रन्ट एयर ब्याग, सार्क फिन एन्टेना, फ्रन्ट र रियर फक्स स्किड प्लेट, फोर स्पीड साउन्ड सिस्टम, स्टेयरिंग माउन्टेड कन्ट्रोल, रियर एसी भेन्ट, फलो मि होम हेडल्याम्प रहेको कम्पनीले जनाएको छ।

यस्तै, १.५ लिटर पेट्रोल र १.४ लिटर जीडीआई पेट्रोल इन्जिन रहेको छ। दुबै इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन र एबीएस, इबीडी, डबल फ्रन्ट एयरब्याग, एलइडी हेडल्याम्प, एलइडी लाइट बार, एलइडी फग ल्याम्प, १७ इन्च आलोय ह्वील, एलइडी टेल ल्याम्प रहेको बताइएको छ। एलइडी मुड लाइटेनिंगसँगै साउन्ड इफेक्ट, स्टेयरिंग माउन्टेड, अटोमेटिक ब्लुटुथ स्टेरियो, स्मार्ट कि सँगै अटोमेटिक पुश बटन, अटोमेटिक रिक्लाइङ रियर सिट, अटोमेटिक रियर एसीभेन्ट लगायत रहेको छ।

१.५ लिटर इन्जिनसँगै ६ एएमटी र सीभीटी गियरबक्स दिएको र १.४ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ। १७ इन्चको अलोय ह्वील उपलब्ध यस भेरियन्टमा ८.० इन्च हेड अप डिस्प्ले, ७.० इन्च मल्टी इन्फो डिस्प्ले, १०.२५ इन्च एचडी इन्फोटेनमेन्ट स्कृन, यूभीओ कनेक्टिभिटी फिचर, मल्टिपल ड्राइभ मोड, क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङको रहेको छ। रेन सेन्सिङ वाइपर, एयर प्युरिफायर, ६ वटा एयरब्याग, टायर प्रेशर मनिटरिंग दिइएको छ।

जीटीएक्स प्लस भने १.४ लिटर टर्बो पेट्रोल इन्जिनको प्रयोग गरिएको छ। बोस ८ स्पिकर साउन्ड सिस्टम, ८ वे पावर ड्राइभर सिट, पावर सनरुफ, ३६० डिग्री क्यामरा, भेन्टिलेटेड सिट, फ्रन्ट पार्किङ सेन्सर, १७ इन्च अलोय ह्वील रहेको कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .