ad ad

अटो


साझाले पाएका २० वटा बस युरो–४ मापदण्डका, यी हुन् विशेषता

साझाले पाएका २० वटा बस युरो–४ मापदण्डका, यी हुन् विशेषता

नेपालखबर
असार १७, २०७६ मंगलबार १२:४,

 आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिको प्रवद्र्धनमा अशोक लेल्याण्डले धेरै प्रतीक्षापछि वातावरणमैत्री युरो–४ मापदण्डका २० थान लिन्क्स स्मार्ट सहरी बसको सोमबार हस्तान्तरण गरेको हो। यस प्रकारको बस पहिलोपटक नेपालमा बिक्री वितरण सुरु भएको कम्पनीले जनाएको छ। सोमबार नै काठमाडौँमा एक कार्यक्रममार्फत साझा यातायातलाई बस हस्तान्तरण गरिएको हो।

यी हुन् बसका विशेषता
बसमा आधुनिक टेक्नोलोजीद्वारा डिजाइन र प्रमाणित गरिएको कम्पनीको भनाइ छ। साथै अनिवार्य मापदण्डहरुभन्दा अतिरिक्त सुरक्षा प्रदान गर्दछ। बसको विशेषताको रुपमा इन्जिनमा एक समकालीन –४ सिलिण्डर सीआरएस डिजल जुन ईजीआर टेक्नोलोजीसँग टर्बो चार्ज गरिएको इन्टरकुलर पाइन्छ। यसको अधिकतम नौ सय मिमि फ्लोर उचाइ, २४ सय आरपीएममा १३० एचपी (९५ कि.वा.) को अधिकतम शक्ति, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ ।

sajha new bus

ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ, यात्री मैत्री बस समाधानको सफलतापूर्वक वितरण गरिरहेको छ र बसको यो परम्परागत एक निरंतरता हो, जहाँ नेपाली ग्राहकहरु माझ आवश्यकताको विषय बन्दै गइरहेको छ। यो गाडी न केवल अपरेटर र यात्री अनुकूल छ, साथै पैदल यात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको कारणले चालक मैत्री संभव रहेको छ।

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रहेका छन् र बसको बजारमा ठूला पकड रहेको छ । अशोक लेलैण्डको मालवहाक वर्गमा २.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् । नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरु ट्रक÷टिपर, बस, साना तथा मझौला व्यवसायिक गाडीहरु, डिफेन्स प्रयोजन लगायत अन्य विशेष गाडीहरु रहेका छन् ।

आइएमई मोटर्स प्रालि नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो। नेपालभरि आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिस र पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिका ले सेवा प्रवाह गर्दै आएको छ। युवा, सक्षम र उर्जावान जनशक्तिका साथमा आइएमई मोटर्स प्रालि नेपालमा महत्वपूर्ण अटोमोबाइल कम्पनीको रुपमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .