अटोखबर

Tata MotorsTata Motors

एयरबसले ल्यायो लामो दूरीका नयाँ विमान

तस्बिर: एयरबस


नेपालखबर
काठमाडौं, असार ११

एयरबसले नयाँ विमान बजारमा ल्याएको छ। ‘ए३२१ एक्सएलआर’ नाम दिएको नयाँ विमान कम्पनीले फ्रान्सको पेरिसमा भएको ‘एयर शो’मा सार्वजनिक गरेको हो। यद्यपि बजारमा उडान सेवा सञ्चालन गर्ने गरी भने विमान सन् २०२३ पछि मात्रै आउनेछ।यो विमान लामो दूरीको यात्राका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। ए३२१निओको परिष्कार गर्दै ल्याइएको नयाँ एक्सएलआरमा ४ हजार ७ सय नाउटिकल माइलको ‘रेन्ज’ रहेको छ। जुन न्युयोर्कबाट मस्कोसम्मको दूरीभन्दा लामो हो।

यो ए३२१ एलआरको ४ हजार नाउटिकल माइलमा १५ प्रतिशत थप रेन्ज हो। ए३२१निओ मोडलको विमानमा यसमा १५ प्रतिशतको रेन्जमा भएको वृद्धि हो। नयाँ जेट निर्माताका अनुसार ए३२१ मोडलका जहाजहरुको समान डिजाइनलाई यसमा अझै व्यापक बनाइएको छ। कम्पनीका अनुसार यसमा अरु सबै समान भए पनि रेन्ज बढाइएको छ। यसमा पछाडिको भागमा रहने मुख्य ट्यांकमा धेरै इन्धन अट्ने बनाइएको छ भने ल्यान्ड गर्ने गियरमा सुधार गरेर २ सय ११ टनसम्म लिएर उड्न सक्ने गरी क्षमता बढाइएको छ।

एक्सएलआर मोडलको नयाँ विमानले १ सय ८० देखि २ सय २० जनासम्म यात्रु बोक्न सक्छ भने यसमा दुई किसिमका सिटिङ क्लास रहेका छन्। अन्य कुरा ए३२१निओ मोडलजस्तै रहेका छन्। कम्पनीले यो मोडलको जहाजले भारतबाट युरोप र चीनबाट अष्ट्रेलिया उडान भर्ने लक्ष्यसाथ ल्याएको बताएको छ। यो दूरीमा नयाँ जहाज उपयुक्त हुने कम्पनीको दाबी छ।

यो मोडलका जहाज अग्रिम माग गर्ने एयरलाइन कम्पनीमा लेबनानको मिडल इष्ट एयरलाइन रहेको छ, उसले चारवटा जहाजको माग गरेको छ। त्यसका साथै उक्त कम्पनीले एयरबसका ए३२१निओ ११ वटा पनि माग गरेको छ। यसबाहेक कम्पनीले लस एन्जेलसमा हवाइसेवा प्रदान गर्ने एयर लिज कर्पोरेसनसँग पनि २७ वटा एक्सएलआर र ५० वटा ए२२०–३०० विमान उपलब्ध गराउन सम्झौता गरेको छ।

त्यस्तै उक्त कर्पोरेसनसँग २३ वटा ए३२१निओ जहाजको सम्झौता पनि भएको छ। उक्त सम्झौताबमोजिम एयरबसले सन् २०२३ देखि मात्रै विमान सम्बन्धित कम्पनीलाई दिन सुरु गर्ने बताइएको छ।
एभिएसन टुडे अनलाइनबाट।

Bidhlabmobile bidhlab
असार ११, २०७६, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors