लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एकै ठाउँबाट सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र टिप्परहरु नेपाली बजारमा ल्याएको छ। कम्पनीले जीएफआई सर्भिसको नामबाट गुर्जुधारा काठमाडौंमा एसएमएल फ्ल्यागसिप थ्रि–एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
थ्रि–एस सर्भिस सेन्टरको उद्घाटनपछि शुभारम्भ गर्दै एसएमएल इसुजु भारतका अध्यक्ष इगो हासी मोटोले यो सेवाले ग्राहक खुसी हुने विश्वास लिए। थ्रि–एस सर्भिस सेन्टरले एसएमएल इसुजु गाडी बिक्री गर्नको लागि मात्रै नभई सर्भिस पनि राम्रै दिने बताए।

एसएमएल इसुजुको नेपालका लागि आधिकृत विक्रेता लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले जीएफआई सर्भिसले उच्चस्तरीय सेवा दिने बताएका छन्। बिक्रीवितरण, सर्भिस सेन्टर, स्पेयर पार्टस (३ एस) सेवा एकै ठाउँबाट उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए। थ्रि–एस सेन्टरमा गाडी मर्मतका लागि आधुनिक उपकरणहरु, दक्ष तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ।
एसएमएल इसुजुका सर्भिस सेन्टर प्रमुख सागर दिप खड्काले २०२० को अन्त्यसम्म इसुजुका ९ स्थानमा ३ एस, ३ स्थानमा २ एस र १० स्थानमा १ एस पुर्याउने बताए।

ग्लोबल सिरिजका ट्रक र टिप्पर अनावरण
एसएमएल इसुजु भारतका अध्यक्ष इगो हासी मोटा र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले ग्लोबर सिरिजका ट्रक र टिप्पर अनावरण गरेका छन्। इसुजुको ग्लोवल अनुभव र जापानिज प्रविधिको मिश्रण गरिएको अन्तराष्ट्रिय स्तरको सिरिज हो।

सम्राट जीएस टिपर र ट्रकको इन्जीन पावर ११५ हर्स पावर रहेको छ भने टर्क ४०० एन एम रहेको छ। ट्रकमा डिउल सर्किट एयर ब्रेक, पावर स्टेरिङ, २८१५ एमएम ह्वील, ९ हजार ५ सय किलो तौल रहेको छ।

त्यस्तै टिप्परमा बीएस ३४५५ सीसी, पावर स्टेरिङ, डुअल सर्किट ब्रेक, लोड बडी क्यापासिटी ४.५ क्युबिक मिटर रहेको छ। लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि लक्ष्मी ग्रुपको साहयक कम्पनी हो। यसले नेपालमा विभिन्न प्रकारका स्कुल बसहरु, व्यापारिक बस, ट्रक, टिप्परहरु भित्र्याएको छ। सम्राट जीएस टिप्परको मूल्य २८ लाख ९६ हजार रहेको छ भने ट्रकको मूल्य २४ लाख ९६ हजार रहेको छ ।


सबै तस्बिरहरूः स्नेहा केसी/नेपालखबर

प्रतिक्रिया