ad ad

Authors


प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

तस्बिर: प्रदीपराज वन्त


नेपालखबर
बैशाख १७, २०८० आइतबार १०:९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

आइतबार बिहान रवि बालुवाटार पुगेका हुन्। 

उपनिर्वाचनमा चितवन २ बाट भारी मतान्तरले विजयी भएका रविलाई प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका छन्।

यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा रवि फराकिलो मतसहित विजयी भएका थिए। मंगलबार सार्वजनिक अन्तिम परिणामअनुसार लामिछाने ५४ हजार १७५ मतसहित विजयी भएका हुन्। 

दोस्रोमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका थिए।

गत मंसिर ४ गते रवि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तर गरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो। त्यहीकारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .