खेल


मूलपानी क्रिकेट रंगशालाको डीपीआर खेलकुदमन्त्री समक्ष प्रस्तुत

मूलपानी क्रिकेट रंगशालाको डीपीआर खेलकुदमन्त्री समक्ष प्रस्तुत

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १७:२८, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ।

पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो।

करिब १ वर्षअघि राखेपको आयोजनामा भएको खेलकुद पूर्वाधार नीति संवादका दौरान मूलपानी क्रिकेट रंगशाला विगतकै प्रकृयामा बजेट विनियोजन हुने हो भने निर्माण कार्य २७ वर्षमा मात्र पूरा हुने सहभागीहरुको प्रतिक्रिया थियो।

उक्त कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको थियो।

कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रंगशाला निर्माणको कार्यलाई चासो व्यक्त गर्दै सदस्य–सचिव घिसिङलाई वर्तमान संसद्कै कार्यकालमा काम सम्पन्न गर्नेगरी अगाडि बढ्न निर्देशन दिएका थिए।

मूलपानी क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेत समावेश गरिसकेको छ।

सदस्य–सचिव घिसिङले सो निर्देशनको तत्काल कार्यन्वयन गर्ने क्रममा पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीलाई डीपीआर तयार गर्ने जिम्मेवारी दिएका थिए।

डीपीआरको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम १ साताभित्र सम्पन्न गर्न सदस्य–सचिव घिसिङले पुल्चोक इन्जिनियरिङ कल्सल्टेन्सीलाई निर्देशन दिएका थिए।

डीपीआर प्रस्तुतीका क्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र सचिव सुमनराज अर्यालले राखेपको कामको प्रगतिको प्रशंसा गर्दै मूलपानी क्रिकेट रंगशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .