युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी सदस्य तथा विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कसाडोबीच भेटवार्ता भएको छ।
बिहीबार नेपाल आइपुगेकी कसाडो र मन्त्री श्रेष्ठबीच युवा तथा खेलकुद मन्त्रालयमा भेट भएको हो।
भेटमा नेपाली ट्रायथलनको विकासका लागि छलफल भएको छ। ट्रायथलनको विकासको लागि हुनसक्ने सहयोग र सम्भावनाको विषयमा पनि कुराकानी भएको थियो।
यस्तै अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको प्रचुर सम्भावनाको विषयमा पनि छलफल भएको छ।
कसाडो पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा छिन्। उनको यो तेस्रो नेपाल भ्रमण हो।
शनिबार पोखरामा हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसपमा सहभागी हुन नेपाल आएकी हुन्।
च्याम्पियनसिपमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ।
विश्व ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि शुक्रबार नेपाल आइपुग्नेछन्।
Shares
प्रतिक्रिया