खेल


अर्धशतक बनाउँदै आउट भए आशिफ

अर्धशतक बनाउँदै आउट भए आशिफ

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १५:६, काठमाडौँ

वेस्ट इन्डिजविरुद्ध नेपाललाई दोस्रो झड्का लागेको छ। ओपनर आशिफ शेख ५१ रन बनाउँदै क्याच आउट भए। 

३२ बलमा २ चौका र ५ छक्का मद्धतमा १३ औँ ओभरमो पाचौँ बलमा अर्धशतक पूरा गरे। उनी चौथो ओभरको तेस्रो बलमा क्याच आउट भए। 

वेष्ट इण्डिजले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको खेल जारी रहँदा २  विकेटको क्षतिमा १ सय ९ रन बनाएर खेलिरहेको छ। 

अनिल शाह ४१ रनमा नटआउट छन्। क्रिजमा कुशल मल्ल आएका छन्। 

पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा क्याच आउट भए। कुशल दोस्रो ओभरको चौथो बलमा ओबेडको बलमा वेल्सको हातबाट क्याच आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .