नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा खराब ब्याटिङ गरेको छ। १६ ओभर सकिँदा सय रन पनि जोड्न सकेको थिएन।
१८औँ ओभरमा आएर सय रन पूरा गरेको नेपाल ८ विकेट क्षतिमा ११६ रन बनाएको छ।
अहिले गुल्सन झा र अविनाश बोहरा क्रिजमा छन्।
नेपालका कुशल भुर्तेल ०, आसिफ शेख ८, रोहित पौडेल ५, सन्दिप जोरा ५०, कुशल मल्ल ३, दीपेन्द्र सिंह ऐरी ५, सोमपाल कामी २ र करण केसी १७ रनमा आउट भए।
आज नेपालका लागि सन्दिप जोराबाहेक अरुको ब्याटिङ नै चलेन।
612
Shares
प्रतिक्रिया