खेल


वेस्ट इन्डिज ‘ए’ले प्रस्तुत गर्‍यो २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले प्रस्तुत गर्‍यो २१० रनको लक्ष्य

नेपाल र वेस्ट इन्डिज एको खेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १३:५७, काठमाडौँ

नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले चौथो टी२० खेलमा घरेलु टोलीसामु जितका लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २ सय ९ रनको योगफल तयार पारेको हो।

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे। फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। 

जोनसन चार्ल्स ५८ रन बनाउँदा क्याच आउट भए। ३० बलमा ३ चौका र ६ छक्का हानेका जोनसन कुशल भुर्तेलको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए। 

केसी कार्टी ४ रन बनाउँदा कुशल भुर्तेलकै बलमा ४ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट भए। 

ओपनर एलिक अथानाज ५ रन बनाउँदा प्रतिश जिसीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। 

नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिए। प्रतिश जिसीले १ विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .