एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल युएईविरुद्धको खेलमा नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि पेभेलियन फर्केका छन्।
ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत युएईविरुद्धको सेमिफाइनलमा दिपेन्द्र पनि आउट भएका छन्। ८ बलमा ५ रन बनाएका दीपेन्द्र आयान खानको बलमा एलबीडब्लु धरापमा परे।
नेपालले चौथो विकेटको रुपमा कुशल मल्ललाई गुमाएका थियो। ५ बलमा ३ रन बनाएका कुशल बसिर अहमदको बलमा बोल्ड आउट भए।
चौथो ओभरको तेस्रो बलमा अोपनर आशिफ शेख ८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनरलाई गुमाएको थियो।
ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १४ ओभरको खेल जारी रहँदा ५ विकेट गुमाएर ७५ रन बनाएर खेलिरहेको छ।
Shares
प्रतिक्रिया