समाज


दाङमा मोटरसाइकल दुर्घटना हुँदा ७२ वर्षका वृद्धको मृत्यु, दुई युवक घाइते

दाङमा मोटरसाइकल दुर्घटना हुँदा ७२ वर्षका वृद्धको मृत्यु, दुई युवक घाइते

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ६:५५, दाङ

दाङमा मोटरसाइकल दुर्घटना हुँदा ७२ वर्षका वृद्धको मृत्यु भएको छ। दुर्घटनामा २५ र ३० वर्षका दुई युवक घाइते भएका छन्।

शान्तिनगर- ७ खैरेनीमा तीव्रगतिमा रहेको रा ५ प ९३२२ मोटरसाइकलले ठक्कर दिँदा सल्यान घर भई खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

दुर्घटनामा बबई- ३ हंसपुर घर भएका मोटरसाइकल चालक ३० वर्षीय कमल विक र मोटरसाइकलको पछाडि सवार २५ वर्षीय प्रकाश रसाइली घाइते भएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

घाइते दुई युवकमध्ये रसाइलीको अवस्था गम्भीर छ। उनलाई उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

मोटरसाइकल चालक विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .