समाज


सन्दीपबारे गायिका रचना रिमाल भन्छिन्: दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

सन्दीपबारे गायिका रचना रिमाल भन्छिन्: दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

नेपालखबर
बैशाख २३, २०८१ आइतबार २२:५५, काठमाडौँ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा गरिरहेको ढिलाइप्रति गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन्। 

आइतबार पाँचौँपटक पेसी तोकेर पनि हेर्न नमिल्ने भन्दै सन्दीपको पुनरावेदनमा सुनुवाइ गरिएन।  

आइतबार उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिएको थियो तर मुख्य न्यायाधीश निरौलाले यसअघि आफ्नै इजलासले झगडिया झिकाउने आदेश दिएकाले अब उक्त  मुद्दा हेर्न नमिल्ने भन्दै पन्छाएपछि सुनुवाइ नभएको हो। 

अब आगामी जेठ १ गतेलाई पेसी तोकिएको छ। 

यसप्रति असन्तुष्टि जनाउँदै गायिका रिमालले आइतबार फेसबुकमा लेखेकी छन्, ‘दोषी भए कानुनअनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ।’ 

बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय हुने फैसला गरेको छ। सो बदरको माग गर्दै सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका हुन्।

उता पीडितका तर्फबाट सरकारी पक्षले पनि किशोरी नाबालिग उमेरकै भएको दाबी गर्दै अझ बढी सजाय हुनुपर्ने माग गरी उच्च अदालतमा पुनरावेदन गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .