समाज


बारामा ३१ लाखको अवैध समानसहित ट्रक र पिकअप भ्यान प्रहरीको नियन्त्रणमा

बारामा ३१ लाखको अवैध समानसहित ट्रक र पिकअप भ्यान प्रहरीको नियन्त्रणमा

नेपालखबर
बैशाख १२, २०८१ बुधबार १७:५३, काठमाडौँ

बारा प्रहरीले करिब ३१ लाखको अवैध सामानसहित ट्रक र पिकअप भ्यान नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएका प्रहरी टोलिहरूले विभिन्न स्थानमा गाडी जाँच गर्दा बिल भरपाई भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको अन्दाजी ३० लाख ९८ हजार ९ सय ४३ रूपैयाँ बराबरको समान सहित ट्रक र पिकअप गाडि नियन्त्रणमा लिइको हो।

जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाँउपालिका –२ प्रसौनीमा प्रसौनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २८१९ नं. को ट्रकमा लोड गरेको काजु, बेल्ट, पर्स, कागज र अन्य समानहरू गरी ६ लाख रूपैयाँ बराबरको सामान बरामद गरेको हो।

यस्तै, ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिका १ सूर्य नेपालस्थित वीरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको ना.४ क १९२८ नं को बसमा लोड गरेको मल १८ हजार रुपैयाँको १२ बोरा मल बरामद गरेको छ।

यसैगरी ईलाका प्रहरी कार्यालय जीतपुरले जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको बागमति प्रदेश ०१–००६ ख ३१३९ नं. को बसमा लोड गरेको यूरिया मल र चिनी गरी अन्दाजी मूल्य रू।११ हजार ५००रूपैयाँ बराबरको सामान बरामद गरेको हो।

यता, प्रहरी चौकी मुसहर्वाले बिश्रामपुर गाँउपालिका–३ मुसहर्वास्थित भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको पर्दा ७२ वटा, र झुल ११ थान गरी ४० लाख रूपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ।

यस्तै, प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा–१ पथलैया चोक स्थित वीरगंजबाट सिरहातर्फ जाँदै गरेको ना ४ ख २७४१ न को ट्रकमा लोड गरेको विभिन्न खुद्रा समान अन्दाजी २२ लाख १५ हजार ८२३ रूपैयाँ बराबरको बिल भरपाई भन्दा बढीको स्रोत खुलाउन नसकेको सामान बरामद गरेको छ।

यसैगरी वीरगंजबाट सर्लाहीतर्फ जाँदै गरेको ना ३ च २०६१ न. को पिकअप गाडिमा लोड गरेको विभिन्न खुद्रा समान ३ लाख १३ हजार ६२० रुपैयाँ बराबरको बिल भरपाई नभएको सामान बरामद गरेको प्रवक्ता तथा सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

बरामद सामानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .