राजनीति


आज संविधान दिवसः टुँडिखेलमा विशेष कार्यक्रम

आज संविधान दिवसः टुँडिखेलमा विशेष कार्यक्रम

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ३:४१,

आज (शुक्रबार) देशैभरी विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ। संविधान दिवसका अवसरमा सरकारले काठमाडौँको टुडिखेलमा विशेष कार्यक्रम गर्दै छ।

संविधानसभाबाट नयाँ संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ।

३ असोज ०७२ मा संविधान जारी भएको थियो। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए।

संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन्।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले टुडिखेलमा आयोजना गर्ने सभामा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, विभिन्न संवैधानिक निकायका प्रमुखहरु, मन्त्री लगायतको उपस्थिति रहने छ।

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्नेछन्।

संविधान दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन सरकारले नागरिकलाई आग्रह गरेको छ। संविधान दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .