ad ad

राजनीति


आउँदो वर्षको चैतभित्र तरुण दलको महाधिवेशन गर्ने अध्यक्ष गुरुङको प्रस्ताव

आउँदो वर्षको चैतभित्र तरुण दलको महाधिवेशन गर्ने अध्यक्ष गुरुङको प्रस्ताव

नेपालखबर
चैत १५, २०८० बिहिबार २१:२६, काठमाडौँ

विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आगामी २०८१ चैतभित्र पाँचौँ महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।

अध्यक्ष विद्वान गुरुङले पेस गरे पाँचौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन्।

बिहीबार बसेको दलको केन्द्रीय समितिमा अध्यक्ष गुरुङले प्रस्ताव गरेको कार्यतालिकामा ०८१ भित्र केन्द्रीय महाधिवेशन गरिसक्ने उल्लेख छ।

बैठकमा अध्यक्ष गुरुङले पाँचौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका पेस गरेका हुन्। उक्त कार्यतालिकाबारे बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ।

सो प्रस्तावमा ५ सदस्यीय विधान मस्यौदा समिति बनाउने, ७७ जिल्लामा प्रतिनिधि खटाउने, जेठ ५ गतेभित्र विधानको राय दिने, जेठ १५ गतेभित्र समितिले विधान मस्यौदा अध्यक्षलाई बुझाउने उल्लेख छ।

यस्तै, २०८१ असोज मसान्तसम्म ६७२७ सबै वडाको अधिवेशन सम्पन्न गर्ने, कार्तिक मंसिरमा पालिका अधिवेशन, पुस र माघमा क्षेत्र र प्रदेससभा अधिवेशन, माघ मसान्तसम्म ७७ जिल्ला अधिवेशन तथा फागुन र चैतभित्र ७ प्रदेस र केन्द्रीय अधिवेशन गर्ने गुरुङको प्रस्ताव छ।

भोलि शुक्रबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको बैठकमा नेपाल तरूण दलको पाँचौ महाधिवेशन आजैबाट सुरु भएको अध्यक्ष गुरुङले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .