राजनीति


समुन्नत नेपाल सबैको सपना : सभापति देउवा

समुन्नत नेपाल सबैको सपना : सभापति देउवा

नेपालखबर
बैशाख १५, २०८१ शनिबार १८:२, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन्। 

शनिबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको पनि बताए।

‘खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक छ। गोदावरी नगरपालिकाले यसको प्रयास गरेकोमा मलाई खुसी लागेको छ। खेल मैदानको संरक्षण गर्न आवश्यक छ । पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्छ,’ सभापति देउवाले भने।

पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताउँदै उनले खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य रहेको पनि बताए। 

‘खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य छ। खेल मैदानलाई थप व्यवस्थित बनाउन व्यक्तिगत रुपमा पनि प्रतिवद्धता व्यक्त गर्दछु। व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भुमिका महत्त्वपूर्ण हुन्छ,’ सभापति देउवाले भने, ‘अनुशासित र स्वस्थ समाजको लागि खेलको महत्वपूर्ण भुमिका हुन्छ। समुन्नत नेपाल हाम्रो सपना हो। यो सपना पूरा गराउन हामी सबै क्रियाशील हुनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .