फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ। आज ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा वैदिक विधिद्वारा हवन गर्दै फिल्मको शुभसाइत गरिएको हो।
शुभसाइतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देव लगायतको उपस्थित थियो।
दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो। दिलिप रायमाझीकी छोरी दिव्या यसै फिल्मबाट डेब्यु गर्दैछिन्। फिल्मको सुटिङ भने वैशाखको अन्तिम साताबाट सुरु हुनेछ।
राजन भुसालको निर्देशनमा बन्ने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय रहनेछ।
थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन्।
नरेन्द्र मैनालीको छायांकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको अभिनेता खड्काले जानकारी दिए।
यो फिल्मलाई कात्तिकको १५ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ।
Shares
प्रतिक्रिया