कला


वरुण धवन र जान्हवी कपुरले सुरु गरे नयाँ फिल्मको सुटिङ

वरुण धवन र जान्हवी कपुरले सुरु गरे नयाँ फिल्मको सुटिङ

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १८:०, काठमाडौँ

बलिउड फिल्म ‘सनी संस्कार कि तुलसी कुमारी’ को छायाङ्कन सुरु भएको छ। बलिउड कलाकार वरुण धवन र जान्हवी कपुरले फिल्मको सुटिङ सुरु गरेका छन्।

शशांक खेतानले निर्देशन रहेको यस फिल्मका निर्माता करण जोहर हुन्। शनिबार फिल्मको छायांकन सुरु गर्नुअघि निर्माण पक्षले शुभमुहूर्त गरेको थियो। जोहरले सामाजिक सञ्जालमार्फत शुभमुहूर्तको भिडिओ सेयर गरेका हुन्।

‘एकदम साँचो प्रेम! सन्नी संस्कारी और तुलसी कुमारीको छायांकन सुरु भएको छ। हाम्रो परिवारलाई तपाईंको माया र आशीर्वाद दिनुहोस्,’उनले लेखेका छन्। 

करणले यो फिल्म अर्को वर्ष अप्रिल १८ मा रिलिज हुने समेत जनाएका छन्।

वरुण धवनसँग शशांक खेतानको यो तेस्रो फिल्म हो। यसअघि दुवैले दुल्हनिया फ्रेन्चाइजका दुवै फिल्ममा सँगै काम गरिसकेका छन्।

यस फ्रेन्चाइजको पहिलो फिल्म ‘हम्प्टी शर्मा की दुल्हनिया’ सन् २०१४ मा रिलिज भएको थियो भने दोस्रो फिल्म ‘बद्रीनाथकी दुल्हनिया’ २०१७ मा रिलिज भएको थियो।

शशांकले जान्हवीसँग दोस्रो पटक काम गर्नेछन्। यसअघि उनले अभिनेत्रीको डेब्यु फिल्म ‘धडक’ निर्देशन गरेका थिए

‘सन्नी संस्कारी कि तुलसी कुमारी’ प्रेमकथा फिल्म हो। यो फिल्म दुल्हनिया फ्रेन्चाइजको हिस्सा बन्न सक्ने चर्चा छ। यस फिल्ममा फिल्ममा वरुण सनी र जान्हवी तुलसी नामको पात्रमा देखिनेछन् ।

वरुण र जान्हवीसहित रोहित सराफ, मनिष पल, सान्या मल्होत्रा ​​र अक्षय ओबेरोयको पनि अभिनय हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .