कला


गुरु पद्‍मसंभवको कथामा भोलि नाटक मञ्चन हुँदै

गुरु पद्‍मसंभवको कथामा भोलि नाटक मञ्चन हुँदै

नेपालखबर
बैशाख २३, २०८१ आइतबार १२:२०, काठमाडौँ

नेपालमा पहिलो पटक गुरु पद्‍मसंभवको जीवन कथालाई नाटकमार्फत् प्रस्तुत गरिने भएको छ। भोलि (सोमबार) दिउँसो १२ बजे बौद्धस्थित रामनगर पार्टी प्यालेसमा नाटक ‘गुरु पद्‍मसंभव’ मञ्चन हुने भएको हो।

कलाकार जेडी तमुले निर्देशनमा नाटक मञ्चन हुनेछ। जेडीले यसअघि नाटक ‘ब्यूँझिएको सिरानी’ निर्देशन गरेका थिए।

उनका अनुसार नाटक स्टेज मञ्चन र स्याडो पपेट्रीमार्फत् मञ्चन गरिनेछ। ‘वज्रयान बौद्ध परम्पराका संस्थापक गुरु पद्मसंभवले देखाउनु भएको मार्गदर्शनलाई हामीले नाटकमार्फत् देखाउने प्रयास गर्दैछौँ। जसलाई हामीले आस्थाको केन्द्र मानेर आयौँ, उहाँकै जीवनीलाई  नाटकमा उतार्न पाउनु खुसीको कुरा हो,’ उनले भने।

नाटकलाई कर्म वाङ्चुक शेर्पाले लेखेका छन्। नाटकका निर्माता खेन्पो पेम छिरी शेर्पाका अनुसार पद्मसंभवले फैलाएको ज्ञानलाई अहिले पनि नेपालको हिमाली भेगहरूमा अध्ययन भइरहेको छ।

‘तर कतै कतै भाषाको समस्याले यसको सार बुझ्न सकिएको छैन। नेपाली भाषामा नाटक मञ्चन गरेर उहाँलाई चिनाउने प्रयास गरेका छौँ,’ शेर्पा भन्छन्।

नाटकमा अनिल सुब्बा, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, सौजन सेनेहाङ, संजिप योगी, शायोक मुकारुङ राई र जयराम ढकाल लगायतका कलाकारको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .