ad ad

कला


आक्रामक व्यापार गर्दै ‘महाजात्रा’ : चौथो सातासम्म कति कमायो?

आक्रामक व्यापार गर्दै ‘महाजात्रा’ : चौथो सातासम्म कति कमायो?

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार १३:४४, काठमाडौँ

प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ आजबाट पाचौँ सातामा प्रवेश गरेको छ। यस फिल्मले चौथो सातासम्म नेपालमा मात्रै १५ करोड ९० लाख रुपैयाँ कमाइ गरेको छ।

निर्माण कम्पनी षट्कोण आर्ट्सले एक विज्ञप्ति निकाल्दै नेपालसहित विश्वभरको कलेक्सन सार्वजनिक गरेको हाे। अन्तर्राष्ट्रियबजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको षट्कोण आर्ट्सले जनाएकाे छ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रियबजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। अन्तर्राष्ट्रियबजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा सम्पूर्ण टिम हर्षित रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए।

अन्तर्राष्ट्रिय वितरक कम्पनि एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा ९० बढी शो, संयुक्तराज अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भईसकेको छ।

यस्तै, अष्टेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ। अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ। यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली फिल्मको गरिएको छैन। उक्त सम्पूर्ण शोहरू ‘सोल्ड आउट’ थिए।

मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ।

प्रदीप भट्टराईको लेखन रहेको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

म्याक्स दीपेश खत्रीसहित यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्। यो फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ को तेस्रो सिक्वेल हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .