कला


सलमान निवास गोलीकाण्डका एक अभियुक्त हिरासतको शौचालयमा झुन्डिए

सलमान निवास गोलीकाण्डका एक अभियुक्त हिरासतको शौचालयमा झुन्डिए

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार ८:३६, काठमाडौँ

सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तले बुधबार प्रहरी हिरासतमै मृत्यु भएको छ।

अभियुक्त अनुज कुमार थापानले हिरासतकै शौचालयमा पासो लगाई झुन्डिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले आत्महत्या गर्न लागेको थाहा पाउनासाथ प्रहरीले उद्धार गरी अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।

दक्षिण मुम्बईको आजाद मैदान पुलिस स्टेसनमा दुर्घटना मृत्युको मामला दर्ता गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार आरोपितले आत्महत्याजस्तो कदम किन उठाए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनलाई केही दिनअघि प्रहरीले पन्जाबबाट पक्राउ गरेको थियो।

गत अप्रिल १४ का दिन मुम्बईको बान्द्रास्थित सलमान निवासबाहिर गोली हानिएको थियो। गोली चलाएको आरोपमा मुम्बई प्रहरीले अप्रिल १६ का दिन विक्की गुप्ता (२४) र सागर पाल (२१) लाई गुजरातको कच्छबाट पक्राउ गरेको थियो।

त्यसपछि प्रहरीले उनीहरूलाई हतियार आपूर्ति गरेको आरोपमा अनुज थापन (३२) र सोनुकुमार चन्द्र बिश्नोई (३७ वर्ष) लाई अप्रिल २५ मा पन्जाबाटबाट पक्राउ गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .