ad ad

आजको झलक


रोनाल्डोलाई विश्वकपमा नखेलाउने पोर्चुगिज प्रशिक्षकको संकेत

रोनाल्डोलाई विश्वकपमा नखेलाउने पोर्चुगिज प्रशिक्षकको संकेत

नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १४:२९, काठमाडौँ

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले विश्वकपमा फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई नखेलाउने संकेत गरेका छन्। 

आइतबारदेखि सुरु हुने फिफा विश्वकप फुटबलमा म्यानचेष्टर युनाइटेडका फरवार्ड रोनाल्डोलाई नखेलाउने संकेत गरेका हुन्। 

रोनाल्डो पछिल्लो समय मैदानभित्र मात्र हैन बाहिर पनि खराब लयबाट गुज्रिरहेका छन्। उनले यो सिजन मात्र ३ गोल गरेका छन्। 

३७ वर्षीय रोनाल्डोले पछिल्लो समय दिएको अन्तर्वार्ताले पनि अहिले उनी चर्चामा छन्। यो सिजन संघर्ष गरिरहेका पाँच पटकका बालोन डि ओर विजेता रोनाल्डो खेल्न बाध्य नहुने उनले बताएका हुन्। 

एक अन्तर्वार्तामा प्रशिक्षक सान्तोषलाई रोनाल्डोलाई खेल्न बाध्य बनाइएको हो भनेर सोधिएको प्रश्नमा उनले उनलाई खेल्न बाध्य नपारिएको जवाफ दिएका थिए। 

पोर्चुगलले आगामी बिहीबार घानासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .