ad ad

सुदूरपश्चिम


माओवादी सुदूरपश्चिम समितिको निर्देशन- खगराजलाई दलको नेताबाट हटाउने निर्णय अविलम्ब सच्याऊ

माओवादी सुदूरपश्चिम समितिको निर्देशन- खगराजलाई दलको नेताबाट हटाउने निर्णय अविलम्ब सच्याऊ

नेता खगराज भट्ट


नेपालखबर
माघ १४, २०८० आइतबार ९:७, काठमाडौँ

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई  दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ। 

यही माघ १२ गते भटट्को अनुपस्थितिमा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले उनलाई दलको नेताबाट हटाई उनको स्थानमा मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरेको हो। 

यसप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले तुरुन्त निर्णय सच्याउन निर्देशन दिएको हो। शनिबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका उपलब्ध पदाधीकारीको बैठकले प्रदेश संसदीय दललाई भट्टलाई नै दलको नेतामा पुनःस्थापित गर्न निर्देशन दिने निर्णय गरेके हो। साथै सो बैठकले प्रदेश संसदीय दलमा देखिएको विवाद समाधानका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई आग्रह पनि गरेको छ। 

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हरिराम चौधरी र सचिव जनकबहादुर बुढाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘माघ १२ गते नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कल बहादुर रावलको अध्यक्षतामा बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टी परम्परा–विधिविपरीत केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकताका मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो। साथै संसदीय दलको समस्यालाई गम्भीरतापूर्वक लिई अविलम्ब समाधानको लागि केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल होस भन्ने आग्रह गर्ने निर्णय गरियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .