ad ad

सुदूरपश्चिम


सुदूरपश्चिमका ६ जिल्लामा फेरिए माओवादी इन्चार्ज

सुदूरपश्चिमका ६ जिल्लामा फेरिए माओवादी इन्चार्ज

नेपालखबर
असोज ८, २०८१ मंगलबार १८:३२, कञ्चनपुर

सुदूरपश्चिमका ६ जिल्लामा नेकपा माओवादी केन्द्रका इन्चार्ज फेरिएका छन्। नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सर्कुलर जारी गर्दै प्रदेशका ९ वटै जिल्ला इन्चार्ज तोकेको छ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलसँगको परामर्श र सुझावका आधारमा ९ वटै जिल्लामा इन्चार्ज तोकिएको सर्कुलरमा उल्लेख छ।

नयाँ सर्कुलरअनुसार ९ जिल्लामध्ये ६ जिल्ला इन्चार्ज फेरिएका छन् भने ३ जिल्लाका इन्चार्ज दोहोरिएका छन्।

नेकपा माओवादी केन्द्र कञ्चनपुरको इन्चार्जमा टेकेन्द्र भट्ट, बाजुरामा कर्ण बहादुर विश्वकर्मा र बैतडीमा नरेन्द्र कुँवर दोहोरिएका छन्। कैलालीमा नेपबहादुर चौधरीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।

त्यहाँ यसअघि हरि ज्ञवाली इन्चार्ज थिए। डडेल्धुरामा जगत पार्कीलाई इन्चार्जबाट हटाएर कुन्ती जोशीलाई ल्याइएको छ। डोटीमा त्रिलोचन भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। उनी सुदूरपश्चिमका पहिलो मुख्यमन्त्री पनि हुन्।

५ वर्ष प्रदेश सरकार हाँकेका उनले गत चुनावमा टिकट पाएनन्। उनकै स्वकीय सचिव शिवसिंह ओलीले त्रिलोचनको टिकट खोसेका थिए। शिवसिंह ओली अहिले प्रदेश सभा सदस्य छन्। डोटीको इन्चार्जमा ओलीलाई हटाएर भट्टलाई जिम्मेवारी दिइएको छ।

दार्चुलामा लक्ष्मी विकको ठाउँमा लक्ष्मणदत्त जोशी इन्चार्जको जिम्मेवारीमा ल्याइएको छ। बझाङमा मिनबहादुर कुँवर र अछाममा शरदसिंह भण्डारी इन्चार्ज तोकिएका छन्।

यसअघि बझाङमा देवराज रेग्मी र अछाममा झपड साउद इन्चार्जको जिम्मेवारीमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .