सुदूरपश्चिम


धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रवासीलाई सतर्क रहन आग्रह

धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रवासीलाई सतर्क रहन आग्रह

नेपालखबर
साउन १२, २०८३ मंगलबार १९:३६, कञ्चनपुर

भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बुधबार खोलिने भएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बाँधमा स्लट सफाइ गरिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले जारी गरेको सूचनाअनुसार २०८३ साउन १३ गते बिहान ६ बजेदेखि २०८३ साउन १४ गते साँझ ६ बजेसम्म बाँधको स्लट सफाइ गर्ने कार्य तय गरिएको जानकारी आएको छ।

भारतबाट प्राप्त जानकारीका आधारमा उक्त अवधिमा तथा त्यसपछि पनि महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो।

नदी किनारमा अनावश्यक आवतजावत नगर्न, माछा मार्ने, नदी तर्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने निर्देशनको पालना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad