कञ्चनपुरमा प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा भएको छ। तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा मतदानस्थल निर्माणदेखि मतगणनाका लागि तयारी पूरा भएको हो।
कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत राजेन्द्र भण्डारीका अनुसार निर्वाचन कर्मचारी पुगेर मतदानस्थल पुगेर निर्माण गर्ने काम भइरहेको छ।
मतदान सकिएपछि मतपेटिका ओसार्ने काम सकिएलगत्तै मत गणना गर्नका लागि मतगणनास्थल निर्माणको काम पनि सकिएको उनले बताए।
मतगणनास्थल तारजालीले घेरिएको छ भने सीसीटीभी क्यामेराको निगरानी पनि हुने छ। मुख्य निर्वाचन अधिकृत भण्डारीका अनुसार क्षेत्र नम्बर ३ को मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गरिने छ। यहाँ तारजाली जडान गर्नेदेखि सीसीटीभी जडान गर्ने काम सकिएको छ।

चार ओटा सीसीटीभी क्यामेरा जडान गरिएको उनले बताए।
‘तीन वटै क्षेत्रमा सर्वदलीय बैठक सकिएर मतदानदेखि गणनासम्मको तयारी सकिएको छ,’ मुख्य निर्वाचन अधिकृत भण्डारीले भने।
निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुक्लाफाँटा नगरपालिका–१० को कार्यालय र क्षेत्र नम्बर १ को बेलौरी नगरपालिका–४ मा हुने छ। मतदानपछि टिपरबाट मतपेटिका मतगणनासम्म ढुवानी गरिने छ।
निर्वाचन अधिकृत, प्रहरी, सशस्त्र र नेपाली सेनाले स्कर्टिङ गरेर मतपेटिका गणनस्थलसम्म ओसार्ने प्रबन्ध मिलाइको छ। निर्वाचनका लागि व्यवस्था चुस्त पारिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए।
कञ्चनपुरमा १३२ मतदास्थल छन्। जसमा ३६० मतदान केन्द्र रहेका छन्। कञ्चनपुरमा ६६ मतदानस्थल अति संवेदनशील,सामान्य २६ र संवेदनशील ४० मतदानस्थल रहेका छन् । कञ्चनपुरका तीन वटै क्षेत्रमा ३ लाख १४ हजार ३८५ मतदाता छन्। 
Shares

प्रतिक्रिया