सुदूरपश्चिम


दोधारा चाँदनीमा १ लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट

दोधारा चाँदनीमा १ लाख मूल्य बराबरका पटाका बरामद गरी नष्ट

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १९:१४, कञ्चनपुर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबाथान बजार क्षेत्रमा प्रहरीले १ लाख मूल्य बराबरका अवैध पटाका बरामद गरी आज नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले गोप्य सूचनाको आधारमा बाबाथान बजारको सडक छेउमा ३ वटा बोरामा बेवारिसे अवस्थामा राखिएका विभिन्न किसिमका पटाका फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उरीक्षक सागर बोहराका अनुसार बरामद पटाकाहरू निणन्त्रणमा लिएर जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको छ। 

चाडपर्वका समयमा अवैध रूपमा पटाका बिक्री वितरण र प्रयोगले जनधनको क्षति हुने जोखिम हुने भएकाले प्रहरी प्रशासनले सर्वसाधारणलाई यस्ता कार्य नगर्न आग्रह गरेको छ। 

जुवातास खेल्ने १५ जना प्रहरी नियन्त्रणमा 
आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा प्रहरीले छापा मारेर जुवा तास खेलिरहेका १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार  बिहान करिब ४ः०० बजे बेल्डाडी गाउँपालिका–२ चौवन्नी बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको टोलीले छापा मार्दा जुवातास खेल्दै गरेका आठ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरुबाट २७ हजार आठ सय ६५ रुपैयाँ नगद रकम बरामद गरेको छ। 

त्यसैगरी, आजै बेदकोट नगरपालिका-३ दैजीस्थित योगसिंह मालीको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी पोस्ट दैजीबाट खटिएको टोलीले छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूबाट ५१ हजार २६० नगद रकम बरामद गरेको छ।रासस 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad