कैलाली कारागारमा दुई समूहबीच झडप हुँदा कुटपिटबाट एक जनाको मृत्यु भएको घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेका छैनन्।
कैदीबन्दीको अवरोधले सुरक्षाकर्मी टोली घटनास्थलमा पुग्न नसकेको हो। उनीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्यास सिलिन्डर राखेका छन्। कोही भित्र प्रवेश गरे सिलिन्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन्।
कैलाली कारागारमा प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो। कारागार प्रशासनसम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदी बन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको छ।
चारैबाट सुरक्षा निकायका प्रमुखहरूसहित गएको टोली घटनास्थलमा जान नसकेपछि जिल्ला प्रशासन कार्यालयमा आएर सुरक्षा समितिको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको छ।
शुक्रबार कारागारमा भएको दुई समूहको झडपमा धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन्। घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया