कञ्चनपुरमा बस्तीमा बाघ पसेको छ। बेलौरी नगरपालिका–२ टेडुवामा बस्तीमा बाघ पसेको हो।
सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवका अनुसार टेडुवास्थित गहु बारीमा बाघ देखिएको छ।
अहिले बाघ देखापरेको क्षेत्रमा वनकर्मी, सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि भेला भएका छन्। बाघ देखापरेको गहु बारीनजिकै बाक्लो मानव बस्ती छ। गहुँ बारीमा बाघ पसेपछि स्थानीय त्रसित बनेका छन्।
बाघ देखिएपछि स्थानीय सतर्कता अपनाउन भनिएको छ। सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख यादवका अनुसार अहिले ड्रोनमार्फत बाघको निगरानी भइरहेको छ।
‘बिहान ६ बजे हामीले जानकारी पाएका थियौँ। साढे ७ बजे ड्रोनमा देखापरेको छ,’ उनले भने, ‘अहिले पनि ड्रोनबट बाघको मुभमेन्ट निगरानी गरिरहेका छौँ।’
भिडिओ-
516
Shares

प्रतिक्रिया