सुदूरपश्चिम


नेपाल बैंकका कर्मचारी तारणी ५४ दिनदेखि सम्पर्कविहीन

नेपाल बैंकका कर्मचारी तारणी ५४ दिनदेखि सम्पर्कविहीन

तारणीप्रसाद पन्त


नेपालखबर
पुस ५, २०८१ शुक्रबार ७:७, कञ्चनपुर

मनाङको चामेबाट हराएका कञ्चनपुरको वेदकोट नगरपालिका-९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन्। 

भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए। खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका उनी त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन्। भ्युटावरको उकालो चढेका पन्त साँझ ४:४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउँछन्।

राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०:४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठाइएन, त्यसपछि ‘स्विचअफ’ भयो।

सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११:०० बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताए। भ्युटावर हेर्न गएका तारणी सम्पर्कविहीन हुनुभएको छ, फोन गर्न खोज्दै छौँ, स्विचअफ आइरहेको छ बुढाथोकीलाई उधृत गर्दै बताएको पन्तले भने। 

‘दाजु सम्पर्कविहीन भएको खबर पाइएपछि घरका चार जना सदस्य मनाङको चामे पुग्यौँ’, विष्णुले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्यौँ, फेला परेनन्, निराश भएर घर फर्क्यौं।’

अहिले पन्त परिवारमा तनावको स्थिति छ। ‘दाजु फर्केर आउने विश्वासमा छौँ,’ विष्णुले भने, ‘दाजु सम्पर्कविहीन भएको ५४ दिन बितिसक्यो, अत्तोपत्तो छैन, फर्केर आउने आश छ, हरेश खाएका छैनौँ।’ केही दिनअघि मात्र मनाङमा दाजु भेटिन्छन् कि भनेर पुनः गएको उल्लेख गर्दै उनले नभेटेपछि निराश हुँदै फर्कनुपरेको बताए। 

उनका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन। तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ। बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले खोजतलास गरे पनि तारणीको अत्तोपत्तो छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad