कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मष्तिष्कको नसामा समस्या देखिएको छ।
टाउको दुखेपछि शुक्रबार राति १२ बजे माया मेट्रो अस्पताल भर्ना भएका मेयर हमाललाई शनिबार भारतको नयाँ दिल्ली रेफर गरिएको छ।
माया मेट्रो अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदका अनुसार सीटी स्क्यानमा मष्तिकमा अट्याक देखाएको थियो। मेयर हमालको स्वास्थ्य अवस्था सामान्य भए पनि थप अट्याक आउन सक्ने भएकाले परिवारको आग्रहमा रेफर गरिएको उनले बताए।

‘अहिले अवस्था सामान्य नै हो। बढ्न सक्ने जोखिम भएकाले थप उपचारका लागि रेफर गरिएको हो,’ डा साउदले भने।
222
Shares

प्रतिक्रिया